सुनसरीमा यस्तो छ गृहमन्त्रीको कार्यक्रम
ratopati.com · Thu Jul 30 11:34:54 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाँदै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहसँग भेट गरेपछि उनी सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जतर्फ प्रस्थान गर्न लागेका हुन् ।
गृहमन्त्रीको सचिवालयका अनुसार त्यहाँ पुगेर गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहताका परिवारसँग भेट गर्नेछन् । साथै, सोही घटनामा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)