गृहमन्त्री गुरुङ सुनसरी जाँदै
annapurnapost.com · Thu Jul 30 11:33:24 GMT 2026

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार प्रधानमन्त्री बालेन शाहसँगको भेटपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज जान लागेका हुन्।
मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भइ उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)