सुनसरी, धनुषा र सिराहामा कर्फ्यु, पर्सामा निषेधाज्ञा
ratopati.com · Thu Jul 30 12:05:14 GMT 2026

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि त्यसको प्रभाव मधेसका अन्य जिल्लामा समेत परेको छ । घटनाको विरोधमा धनुषाको जनकपुर, सिराहाको गोलबजार तथा सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज लगायतका स्थानमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
स्थानीय प्रशासनले सुनसरीमा साउन ११ गतेदेखि लगाएको कर्फ्यु देवनगन्जसहित महेन्द्र राजमार्ग आसपास तथा इनरुवा बजार क्षेत्रमा विस्तार गरेको छ । त्यस्तै,जनकपुरमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)