एसिया कपको ढोका ढक्ढकाउँदै नेपाल
annapurnapost.com · Sun Aug 30 15:04:29 GMT 2026
काठमाडौं : तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप।
त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता एसियाली क्रिकेटका दुई ठूला टोलीसँग एउटै प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सपना पनि त्यहीँबाट पूरा भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
