शान्ति कायम गर्न महासंघको अपिल
nepalnews.com · Thu Jul 30 12:19:07 GMT 2026

काठमाडौँ। सुनसरीको कप्तानगन्जसहित तराईका विभिन्न जिल्लामा देखिएको अशान्त वातावरण र सर्वसाधारणबीचको तनावप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ।
महासंघका कार्यवाहक अध्यक्ष सूरकृष्ण वैद्यद्वारा जारी विज्ञप्तिमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको उदाहरण रहेको उल्लेख गरेका छन्। महासंघले तराई-मधेस क्षेत्र विभिन्न समुदायबीचको सहिष्णुता र सामाजिक सद्भावको केन्द्र भएको स्मरण गराएको छ। यस्ता स्थानमा हुने कुनै पनि प्रकारका झडप, हिंसा वा अशान्तिले सामाजिक सद्भाव बिथोल्नुका साथै दैनिक जीवन, उद्योग-व्यापार र समग्र आर्थिक गतिविधिमा गम्भीर नकारात्मक असर पर्ने महासंघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)