ब्राजिलको सामना गर्न उत्साहित जापान
barnanmedia.com · Mon Jun 29 01:24:23 GMT 2026
विश्वकप फुटबल–२०२६ मा सोमबार जापानसँग खेल्दा ब्राजिल बदला लिने दाउमा हुने छ । प्रशिक्षक कार्लो एन्सोलेटीले ब्राजिलको प्रशिक्षक पद समालेको सुरुवाती समय सन् २०२५ को अक्टोबरमा भएको मैत्री खेलमा जापानले ब्राजिललाई ३–२ ले हराएको थियो । सो खेलमा ब्राजिलले दुई गोलको अग्रता बनाएर पनि पराजय बेहोरेको थियो । जापानले २० मिनेटको अन्तरालमा तीन गोल गरेर ब्राजिलविरुद्धको १४ खेलमा पहिलो पटक जित प्राप्त गरेको थियो । सो जितले विश्वकपमा ब्राजिलविरुद्ध खेल्दा जापानले उच्च मनोबलमा खेल्ने पक्का छ ।
इटालियाली प्रशिक्षक एन्सोलेटीले ब्राजिलको टिम समाल्न रियल म्याड्रिडलाई छोड्नुभएको थियो । एन्सोलेटीको आगमनअघि ब्राजिल राम्रो अवस्थामा थिएन । दक्षिण अमेरिकी छनोटमा पाँचौँ स्थान हासिल गरेर मात्र ब्राजिलले यस विश्वकपमा खेल्न योग्य भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)