उनेपाद्वारा सुनसरी–सिरहा घटनाको निष्पक्ष छानबिन गर्न माग
ratopati.com · Thu Jul 30 12:22:14 GMT 2026

काठमाडौँ । उज्यालो नेपाल पार्टी(उनेपा)ले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जबाट सुरु भई सिरहाको गोलबजारलगायत अन्य क्षेत्रमा फैलिएको हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
पार्टीका मुख्य सचिव डा. राजु थापाद्वारा बिहीबार जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ भने शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)