तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल
arthadabali.com · Thu Jul 30 12:22:30 GMT 2026

काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै भएका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।
बुधबार जारी विज्ञप्तिमा चेम्बरले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। नेपाल विभिन्न धर्म, संस्कृति र समुदायबीचको आपसी सम्मान, सद्भाव र सहअस्तित्वमा आधारित मुलुक भएकाले यही विविधता देशको सबैभन्दा ठूलो शक्ति भएको चेम्बरले उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)