मौरीपालनबाट आत्मनिर्भर बन्दै महिला उद्यमी
corporatenepal.com · Thu Jul 30 12:18:13 GMT 2026

भद्रपुर । काँधमा मौरीका घार, आँखामा समृद्धिको सपना । असोजको अन्तिम साता सुरु भएपछि झापाको शिवसताक्षी नगरपालिका–९ की जमुना सुवेदी भट्टराईको यात्रा घरआँगनमा सीमित रहँदैन । कहिले दाङ र चितवनका पहेँलै तोरीबारी, कहिले मोरङको फापरबारी त कहिले झापाकै लिच्ची बगैँचासम्म मौरीसँगै उहाँको यात्रा चलिरहन्छ । फूल जहाँ फुल्छ, त्यहीँ पुग्नुुहुन्छ उहाँ ।
‘आजग मौरी फार्म’ बाट सुरु भएको उहाँको यो ५० घार मौरीको यात्रा आज केबल मह उत्पादनमा सीमित छैन, आत्मनिर्भरता र वार्षिक लाखौँ आम्दानीको बलियो आधार बनेको छ । चार वर्षअघि सामान्य रूपमा सुरु भएको व्यवसायले आज उहाँलाई वार्षिक करिब आठ लाख रुपैयाँ खुद आम्दानी दिइरहेको छ । यही व्यवसायबाट घरखर्च चलिरहेको छ, छोराछोरीको शिक्षा–दीक्षा धानिएको छ, स्थानीयलाई रोजगारी मिलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)