चट्टान चिरेर झर्ने गुल्जा झरना : रुकुमपूर्वको लुकेको प्राकृतिक रत्न
annapurnapost.com · Thu Jul 30 12:22:18 GMT 2026

रुकुम पूर्व : रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–४ मा रहेको गुल्जा झरना पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ आकर्षण बन्दै गएको छ। घनाजंगल, अग्ला भीर र विशाल चट्टानको साँघुरो काप चिरेर निरन्तर झर्ने पानीको गर्जनले यो झरनालाई अन्य प्राकृतिक सम्पदाभन्दा फरक पहिचान दिएको छ।
समुद्री सतहदेखि करिब ३ हजार २ सय मिटरको उचाइमा अवस्थित गुल्जा झरना दुर्गम हिमाली जंगलको काखमा रहेको छ। कठिन पदयात्रापछि पुग्न सकिने यो झरनाले त्यहाँ पुग्ने जो-कोहीलाई प्रकृतिको अनुपम सौन्दर्यसँग साक्षात्कार गराउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)