सरकारले डा गोविन्द केसीसँग गरेका केही सम्झौता नसच्याए एमडी/एमएसको बढाइएको 'स्टाइपेन्ड' रोक्ने निजी मेडिकल कलेजको चेतावनी
swasthyakhabar.com · Thu Jul 30 12:27:25 GMT 2026

काठमाडौं - नेपालका निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल ले सरकारसँग भएका पूर्व सहमति विपरीत निर्णय गरिएको भन्दै १५ दिनभित्र समस्या समाधान गर्न सरकारलाई अल्टिमेटम दिएको छ। माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने र एमडी/एमएस अध्ययनरत रेजिडेन्ट चिकित्सकलाई दिँदै आएको मासिक स्टाइपेन्ड तत्काल रोक्ने चेतावनी समेत दिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई बिहीबार पठाएको पत्रमा एसोसिएसनले नेपाल सरकार र एक पक्षबीच २०८३ साउन ११ गते भएको भनिएको सहमतिपत्रका बुँदा नम्बर (३) र (४) प्रति गम्भीर असहमति जनाएको छ। ती बुँदाले सरकार, नेपाल मेडिकल एसोसिएसन र निजी मेडिकल कलेजबीच यसअघि भएका भद्र सहमति तथा सम्झौता एकतर्फी रूपमा उल्लंघन गरेको दाबी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)