खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने
kendrabindu.com · Thu Jul 30 12:31:30 GMT 2026

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि सडक विभागबाट विषयविज्ञ बोलाइएको छ । गएको मङ्गलबार पटकपटक गरी पहिरो झरेपछि करिब आठ घण्टा सडक आवागमनमा अवरोध पुगेको थियो ।
सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नयाँ ठाउँमा पहिरो झरेपछि सडक विभागका भू-प्राविधिकलाई स्थलगत अध्ययनका लागि बोलाइएको छ । विज्ञ टोलीले अध्ययन गरिसकेकोपछि के गर्ने भन्ने टुङ्गो लाग्ने उनको भनाइ छ । “केही वर्षअघि सडक विस्तारका क्रममा भित्तो काटिएको सो ठाउँमा पहिलोपटक पहिरो झरेको हो । यो स्थान मुग्लिन बजारबाट करिब ७०० मिटर नारायणगढतर्फ पर्दछ”, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)