सुन्दर लप्ची उपत्यका, पर्यटकीय गन्तव्य बन्दै
ratopati.com · Thu Jul 30 12:30:07 GMT 2026

चरिकोट । बौद्ध धर्मालम्बीहरुको धार्मिक पर्यटकीय गन्तव्यको रूपमा चर्चित छ दोलखाको उत्तरी क्षेत्रमा रहेको लप्ची उपत्यका । जिल्लाको बिगु गाउँपालिका–१ मा रहेको लप्ची उपत्यका जिल्ला सदरमुकाम चरिकोटबाट दुई दिनको यात्रामा पुग्न सकिन्छ । सो उपत्यका पुग्दा स्वर्गको टुक्रामा पुगेको भान हुन्छ नै ।
खासगरी बौद्ध धर्मालम्बीहरुको धार्मिक यात्राको रूपमा चिनिने प्राचीन गन्तव्य मानिएको यस उपत्यकामा ८१० वर्ष पुरानो लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यान केन्द्र रहेको छ । उक्त गुम्बा पुनर्निर्माण भएपश्चात् झन् चिटिक्क देखिन्छ । सो उपत्यकासँगै चट्टानी पहाडमा टाँसिएर रहेका चिटिक्क परेका घर अर्थात् ध्यान केन्द्रहरुले निकै मनमोहक दृष्य झल्काउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)