८ दिनपछि ब्याकडेट राखेर राजपत्रमा प्रकाशन भयो शिक्षा स्वास्थ्यमा समता कर खारेज गर्ने निर्णय
clickmandu.com · Thu Jul 30 12:40:08 GMT 2026

काठमाडौं । शिक्षा र स्वास्थ्यको समता कर खारेज गरिएको सूचना राजपत्रमा प्रकाशन गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षको बजेटमार्फत लगाएको यी कर खारेज गर्ने निर्णय बिहीबार राजपत्रमा आएको हो ।
अर्थमन्त्रीले यस्तो कर लगाएपछि सरकारको चौतर्फी विरोध भएको थियो । त्यसपछि प्रधानमन्त्री बालेन शाहले साउन ५ गते यी कर खारेज गर्ने घोषणा गरेका थिए । भोलिपल्ट मन्त्रिपरिषदको बैठकले शिक्षा र स्वास्थ्यमा लगाएको समता कर खारेज गर्ने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषदको निर्णयअनुसार बिहीबार मात्र अर्थात् ८ दिनपछि राजपत्रमा सूचना प्रकाशन गरिएको हो । यद्यपि सूचना जारी भएको मिति भने साउन ६ गते उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)