सिराहाको गोलबजारमा गोली लागेर एकको मृत्यु
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
जनकपुरधाम । सिराहाको गोलबजारमा आज गोली लागेर एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका सिरहाको औरही गाउँपालिकाका १५ वर्षीय गणेश यादवको मृत्यु भएको सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
“गोली लागेर यादवको मृत्यु भएको जानकारी प्राप्त भएको छ तर कसले चलाएको गोलीबाट मृत्यु भएको हो भने खुल्न सकेको छैन”, प्रजिअ पौडेलले भने, “यसबारे अनुसन्धान भइरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)