सिरहा–सुनसरी घटनापछि जसपाको वक्तव्यः शान्ति, न्याय र एकताको पक्षमा उभिन आह्वान
nepalpress.com · Thu Jul 30 12:55:18 GMT 2026

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले सुनसरीको देवानगञ्ज गाउँपालिका–७ कप्तानगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता तथा सिरहाको गोलबजार घटनामा ज्यान गुमाएका गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।
पार्टीका प्रवक्ता मनिष कुमार सुमनद्वारा जारी प्रेस विज्ञप्तिमा दुवै घटनामा ज्यान गुमाएकाप्रति दुख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक परिवारलाई न्यायोचित राहत तथा घाइतेहरूको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)