६ गतेको मिति राखेर राजपत्रमा प्रकाशन भयो शिक्षा र स्वास्थ्य समता कर खारेजीको निर्णय
ratopati.com · Thu Jul 30 13:00:31 GMT 2026

काठमाडौँ । सरकारले चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर खारेज गर्ने निर्णय राजपत्रमा प्रकाशन गरेको छ। मन्त्रिपरिषद्ले निर्णय गरेको ८ दिनपछि मात्र बिहीबार यो सूचना राजपत्रमा आएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षको बजेटमार्फत यी करहरूको प्रस्ताव गरेका थिए। तर, शिक्षा र स्वास्थ्य जस्तो मौलिक हकमा कर लगाएको भन्दै सरकारको तीव्र आलोचना भएपछि प्रधानमन्त्री बालेन शाहले गत साउन ५ गते कर खारेज गर्ने घोषणा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)