प्रधानमन्त्रीले सुरुङभित्र भइरहेको उद्धारबारे के-के भने ?
onlinekhabar.com · Sun Aug 30 14:58:50 GMT 2026

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सुरक्षाकर्मी र चीन, भारत तथा दक्षिण कोरियाका उद्धार टोलीले उद्धारको काम गरिरहेको बताएका छन् । आइतबार साँझ फेसबुकमार्फत बाढी प्रतिकार्यबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले उद्धार कार्य जारी रहेको बताएका हुन् ।
‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास जारी राखेको छ । साथै, चिनियाँ टोलीले सुरुङभित्र ३ किलोमिटरसम्म खोज गरिसकेको छ ।’ तर, अहिलेसम्म मानिस फेला पार्न नसकेको उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)