सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न रास्वपा सांसदलाई लामिछानेको निर्देशन
nagariknews.nagariknetwork.com · Thu Jul 30 13:13:06 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदलाई सामाजिक सद्भाव अभिवृद्धि, धार्मिक सहिष्णुताको प्रवर्द्धन तथा पछिल्लो असहज अवस्थालाई सामान्यीकरण गर्न समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
बिहीबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग भएको अनौपचारिक छलफलमा सभापति लामिछानेले पछिल्लो विकसित परिस्थितिप्रति पार्टी गम्भीर रहेको बताउँदै सांसदहरूलाई स्थानीय तह, प्रशासन, सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गर्दै शान्ति र सद्भाव कायम गर्न सक्रिय हुन आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)