तराई अशान्तिप्रति सबैको चिन्ता: संयमता, सद्भाव र संवादको अपिल
saralpatrika.com · Thu Jul 30 13:20:45 GMT 2026
काठमाडौँ। सुनसरीको देवानगञ्ज तथा कप्तानगञ्जबाट सुरु भई मधेसका विभिन्न जिल्लामा फैलिएको तनावग्रस्त परिस्थितिप्रति प्रमुख राजनीतिक दलका नेता, पूर्वराजा र व्यावसायिक क्षेत्रले गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल संवादमार्फत समस्या समाधान गर्न र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै राज्य पक्षको अत्यधिक बल प्रयोगबाट स्थानीय युवा ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको निधन भएको घटनाप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको बताए। नागरिकको जीउधनको रक्षा र संवादमार्फत समाधान खोज्नु सरकारको दायित्व भए पनि सरकारले उदासीनता र अत्यधिक बल प्रयोग गरेको भन्दै उनले भर्त्सना गरे। नागरिकबीचको एकता नै राष्ट्रको बल भएको उल्लेख गर्दै ओलीले भ्रामक प्रचारको पछि नलाग्न र संयमित रहन आम नागरिकसँग अनुरोध गरे।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)