पत्नीको धोखा प्रमाणित गर्न भिडियो रेकर्ड गर्दा श्रीमानलाई जेल सजाय
ratopati.com · Sun Aug 30 15:14:49 GMT 2026

ताइपेई । ताइवानमा रोबोट भ्याकुम क्लिनरमा पत्नीको विवाहेत्तर सम्बन्धको भिडियो रेकर्ड गर्ने एक पुरुषलाई अदालतले जेल सजाय सुनाएको छ । पत्नीले आफूलाई धोखा दिइरहेको कुरा प्रमाणित गर्न खिचिएको त्यही भिडियो अन्ततः श्रीमानविरुद्ध प्रमाण बनेपछि अदालतले उनलाई गोपनीयता उल्लंघनको कसुरमा सजाय सुनाएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ती पुरुष र उनकी पत्नीको विवाह सन् २०२१ मा भएको थियो । विवाहपछि उनीहरू पुरुषका मातापिताको साथमा बस्दै आएका थिए । उनीहरूको छुट्टै घर पनि थियो । यो घरमा भने जोडी बिदाको दिन मनाउन मात्रै जान्थे । सन् २०२३ मा त्यही घरमा पुगेका बेला पुरुषले एउटा अपरिचित टूथब्रस देखेपछि पत्नीको अरु कसैसँग सम्बन्ध पो छ कि भनेर शंका गर्न थाले । पार्किङ क्षेत्रमा जडान गरिएको सुरक्षा क्यामेराको फुटेजमा पत्नी काम फर्किदा अपरिचित पुरुषलाई साथमा देखे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)