नसुध्रिएको नेपाल
nepalnews.com · Thu Jul 30 13:15:51 GMT 2026
नेपाली क्रिकेटबारे केही वर्षअघिसम्म एउटा भनाइ निकै प्रचलित थियो– टोली दबाबमा नपर्दासम्म उत्कृष्ट प्रदर्शन गर्दैन। सन् २०१९ देखि २०२३ सम्म सञ्चालन भएको आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम चरणमा नेपालले गरेको प्रदर्शनले यही भनाइलाई यथार्थमा रूपान्तरण गरिदियो।
लिग-२ सकिन तीन शृंखला मात्र बाँकी रहँदा नेपाल अंकतालिकाको छैटौँ स्थानमा थियो। त्यसबेला नेपालले २४ खेलबाट १८ अंक मात्र जोडेको थियो र सात टोलीमध्ये पपुवा न्युगिनीभन्दा मात्रै माथि थियो। यस्तो स्थितिमा धेरैले नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन पनि कठिन हुने आकलन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)