लघुवित्त पीडितसँग सरकारको वार्ता सकारात्मक, शुक्रबार फेरि छलफल हुने
ratopati.com · Thu Jul 30 14:01:05 GMT 2026

काठमाडाैँ । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त पीडितबिचकाे छलफल सकिएकाे छ। शुक्रबार फेरि बस्ने गरी आजकाे छलफल सकिएकाे हाे। आज भएको वार्ता सकारात्मक र समाधान उन्मुख रहेकाे मन्त्रालयले जनाएकाे छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न आजमात्रै समिति गठन गरेका थिए। बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् । उनले समितिलाई आजै पीडितहरूसँग वार्ता सुरु गर्न निर्देशन दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)