गोलबजार घटनाको छानबिन गर्न एसपी भेषराज रिजालको नेतृत्वमा तीन सदस्यीय समिति गठन
nepalpress.com · Thu Jul 30 13:59:38 GMT 2026

जनकपुरधाम । मधेश प्रदेश प्रहरीले सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडप तथा गोली चलेको घटनाको अध्ययन र छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।
प्रहरी स्रोतका अनुसार प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा तीन सदस्यीय छानबिन तथा अध्ययन समिति गठन गरिएको हो । सो समितिमा इन्स्पेकटर यज्ञराज भट्ट र असइ गोविन्द झा समेत रहेको छ । समितिलाई घटनाको वास्तविक अवस्था, गोली चल्न पुगेको कारण, सुरक्षा व्यवस्थापन तथा समग्र घटनाक्रमको अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)