२१ साउनदेखि करदाता प्रोत्साहन उपहार योजना लागू, पीएसपीलाई तयारी गर्न राष्ट्र बैंकको निर्देशन
nepalnews.com · Thu Jul 30 14:08:58 GMT 2026

काठमाडौं। सरकारले घोषणा गरेको बिलमा आधारित करदाता प्रोत्साहन उपहार योजना आगामी २१ साउन २०८३ देखि कार्यान्वयनमा आउने भएको छ। यसका लागि आन्तरिक राजस्व विभागले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालन गर्न आवश्यक कार्यविधि तयार गरिसकेको जनाएको छ।
योजनाको प्रभावकारी कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै सबै विद्युतीय भुक्तानी सेवाप्रदायक (पीएसपी) कम्पनीहरूलाई आवश्यक प्राविधिक तथा प्रणालीगत व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै, कार्यक्रमसम्बन्धी जानकारी आफ्ना सेवाग्राहीसम्म पुर्याउन पनि बैंकले आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)