देवानगञ्ज घटना छानबिनका लागि न्यायिक समिति बनाउन मधेशकेन्द्रित दलको माग
onlinekhabar.com · Thu Jul 30 14:00:07 GMT 2026

१४ साउन, काठमाडौं । मधेशकेन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न अपिल गरेका छन् । उनीहरूले संयुक्त वक्तव्यमा सम्पूर्ण घटनाको सत्यतथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
जसपाका महन्थ ठाकुर, राष्ट्रिय जनमुक्ति पार्टीका राजेन्द्र महतो, जनमत पार्टीका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी तथा संविधान सभा सदस्य रामकुमार शर्माले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै यस्तो अपिल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)