सुर्खेतमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु
nepalviews.com · Thu Jul 30 14:04:53 GMT 2026

कर्णाली । सुर्खेत वीरेन्द्रनगरमा अटोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेतका ६० वर्षीय रत्न विकको मृत्यु भएको जानकारी दिए ।
विकलाई सोही वडाको धुलियाबिट नजिकै भित्री सडक खण्डमा कप्र ०२००१ स १०९४ नं को अटोले आज बिहान ठक्कर दिएको थियो । अटोको ठक्करले टाउको र ढाडमा चोट लागेका उनलाई उपचारका लागि कर्णाली केयर सुर्खेतमा लगिएको थियो । त्यहाँ नसकेर नेपालगञ्ज नर्सिङहोम र त्यहाँबाट पनि भारतको लखनउ सिटी अस्पतालमा पठाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)