सिरहामा प्रदर्शन : घाइतेलाई हेलिकप्टरमार्फत धरान पठाइयो
barnanmedia.com · Thu Jul 30 13:57:44 GMT 2026

सिरहको गोलबजारमा प्रदर्शनको क्रममा घाइते भएका एक जना किशोरलाई थप उपचारका लागी धरान पठाइएको छ। सुनसरीमा हिन्दु र मुस्लिम समुदायको बिचमा साउन १० मा झडप भएपछि त्यसको असर मधेसका जिल्लामा पनि परेको छ।
बिहीबार गोलबजारमा घाइते भएका धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर–८ घर भएका १९ वर्षीय सुवास ठाकुरलाई सेनाको हेलिकप्टरमार्फत धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका एक जना अधिकृतले बताए। उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)