४५ वर्षपछि पनि सदाबहार छ ‘देखा एक ख्वाब’, जावेद अख्तरले सुरुमा लेख्नै मानेका थिएनन्
aarthiknews.com

काठमाडौं । बलिउडका केही गीत यस्ता छन्, जसको लोकप्रियता समयसँगै झन् बढ्दै गएको छ। सन् १९८१ मा प्रदर्शन भएको फिल्म ‘सिलसिला’ को चर्चित गीत ‘देखा एक ख्वाब तो ये सिलसिले हुए’ त्यस्तै सदाबहार गीतमध्ये एक हो। करिब ४५ वर्ष बितिसक्दा पनि यो गीत आजका श्रोताको रोजाइमा पर्दै आएको छ।
यस चर्चित गीतसँग जोडिएको एउटा रोचक तथ्य भने धेरैलाई थाहा नहुन सक्छ। गीतकार जावेद अख्तर ले सुरुमा यो गीत लेख्न नै अस्वीकार गरेका थिए। निर्देशक यश चोपडा फिल्मका लागि विशेष प्रेमगीत चाहन्थे र त्यसका लागि उनले पहिलो रोजाइमा गीतकार साहिर लुधियानवी लाई प्रस्ताव गरेका थिए। तर सहमति हुन नसकेपछि उनले जावेद अख्तरलाई गीत लेख्न आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)