सद्भाव कायम गर्न रास्वपाले सांसदलाई जिल्लामा परिचालन गर्ने
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले पार्टी सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्दै सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न निर्देशन दिएको जानकारी दिएका छन्।
बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद अन्सारीले कुनै पनि समुदाय वा नागरिकमाथि समस्या वा अन्याय आइपरे पार्टीले त्यसलाई गम्भीर रूपमा लिनुपर्ने र समस्या समाधानको जिम्मेवारी सबै सांसद तथा पार्टी सदस्यले साझा रूपमा वहन गर्नुपर्ने सभापति लामिछानेको निर्देशना रहेको बताए। पार्टीका सबै सांसदलाई आआफ्नो जिल्ला तथा क्षेत्रमा फर्किएर स्थानीय तहदेखि गाउँ–टोलसम्म सद्भाव र सहकार्यको सन्देश फैलाउन भनिएको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)