ट्राफिक सचेतनाले रोक्न सकेन दुर्घटना, कपिलवस्तुमा चार दिनमै ६ जनाको ज्यान गयो
nagariknews.nagariknetwork.com · Thu Jul 30 14:29:50 GMT 2026

ट्राफिक नियमबारे दिनहुँजसो सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि कपिलवस्तुमा सडक दुर्घटना घट्न सकेको छैन। पछिल्लो चार दिनमै भएका विभिन्न दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने चालु आर्थिक वर्ष सुरु भएको १३ दिनमै ३० वटा सवारी दुर्घटना भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार साउन १ देखि १३ गतेसम्म भएका दुर्घटनामा ६ जनाको मृत्यु र ३० जना घाइते भएका छन्। साउन ९ देखि १३ गतेसम्म मात्र तीन स्थानमा भएका दुर्घटनाले ६ जनाको ज्यान लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)