सद्भाव कायम गर्न मधेश प्रदेश सरकारको आह्वान
himalpress.com · Thu Jul 30 14:46:40 GMT 2026

काठमाडौँ- मधेश प्रदेश सरकारले शान्ति, सामाजिक सद्भाव कामय गर्न आह्वान गरेको छ। बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाममा मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले यस्तो आह्वान गरेको हो।
प्रदेश सरकारले शान्ति, सामाजिक सद्भाव, धार्मिक तथा सांस्कृतिक सहिष्णुता कायम गर्न सम्पूर्ण राजनीतिक दल, विभिन्न संघ-संस्था, धार्मिक गुरु, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र तथा नागरिकसँग संयमता, जिम्मेवारी र सहयोगको भूमिका निर्वाह गर्न अपिल गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)