गोलबजारमा मारिएका किशाेरको शव प्रहरीले उठायो, प्रदर्शन अझै जारी
nepalpress.com · Thu Jul 30 14:52:33 GMT 2026

जनकपुरधाम। सिरहाको गोलबजारमा बिहीबार प्रदर्शनका क्रममा ज्यान गुमाएका १५ वर्षिय गणेश यादवको शव प्रहरीले साँझ सडकबाट उठाएको छ । आफन्त र स्थानीयले दिनभर शव सडकमै राखेर प्रदर्शन गरेपछि प्रहरीले केहीबेरअघि शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको हो ।
झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएको भनिए पनि पुष्टि हुन् सकेको छैन् । औरही गाउँपालिकाका अन्दाजी १५ वर्षिय गणेश यादवको घाँटीमै गोली लागेपछि उपचारका क्रममा मृत्यु भएको भनिएको छ । उनको मृत्यु भएपछि आक्रोशित स्थानीयले शव सडकमै राखेर दोषीमाथि कारबाही र न्यायको माग गर्दै प्रदर्शन जारी राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)