शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल
nepalnews.com · Thu Jul 30 15:07:20 GMT 2026

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै भएका घटनाप्रति चिन्ता व्यक्त गरेको छ। चेम्बरले वर्तमान परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग आग्रहसमेत गरेको छ।
चेम्बरद्वारा आज (बिहीबार) जारी वक्तव्यमा नेपाल विभिन्न धर्म, संस्कृति तथा समुदायबीचको आपसी सम्मान, सद्भाव र सह-अस्तित्वको भावनामा आधारित राष्ट्र भएको उल्लेख छ। यही विविधता देशको सबैभन्दा ठुलो शक्ति रहेको जनाएको छ। चेम्बरले सामाजिक सद्भाव र सहिष्णुताको संरक्षण तथा प्रवर्द्धन गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)