राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले के भने ?
clickmandu.com · Thu Jul 30 15:09:48 GMT 2026
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी र सिराहा लगायतका जिल्लाहरूमा हालै भएका दुःखद घटना र त्यसपछि उत्पन्न अशान्त वातावरणप्रति गम्भीर चासो व्यक्त गर्दै देशवासीका नाममा विशेष सम्बोधन गरेका छन् । उनले सरकार अत्यन्तै गम्भीर र संवेदनशील रहेको बताउँदै सो घटनामा ज्यान गुमाएका नागरिकहरू जय प्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोक-सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरे ।
घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्रीले उनीहरूको उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको जानकारी दिए । घटनालगत्तै सुरक्षा निकायहरूले परिस्थितिलाई सामान्य बनाउन र थप अप्रिय घटना हुन नदिन निरन्तर प्रयास गरिरहेको उनले स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)