प्रधानमन्त्री शाहको देशवासीका नाममा सम्बोधन : सुनसरी र सिराहा घटनाप्रति सरकार गम्भीर छ
nepalsamaya.com · Thu Jul 30 15:16:12 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका स्थानमा हालै घटेका दुःखद घटना र त्यसपछिको अशान्त वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताएका छन्। देशवासीका नाममा एक सम्बोधन गर्दै उनले हिंसात्मक गतिविधि र सामाजिक सद्भाव खल्बल्याउने क्रियाकलापप्रति कडा चेतावनी दिएका छन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। साथै, घटनामा घाइते भएकाहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकेको उनले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)