सामाजिक सञ्जालमार्फत अपुष्ट सूचना र वैमनस्यता बढाउने अभिव्यक्ति प्रचार नगर्न प्रधानमन्त्रीको आग्रह
techpana.com · Thu Jul 30 15:21:51 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले देशका विभिन्न भागमा भइरहेका साम्प्रदायिक झडप र तनावपूर्ण परिस्थितिलाई लिएर भ्रामक सूचना र अफवाह नफैलाउन देशवासीलाई अपिल गरेका छन् । बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालको दुरुपयोगले स्थितिलाई झन् जटिल बनाउन सक्ने भन्दै आधिकारिक तथ्यमा मात्र अडिग रहन आग्रह गरे ।
“यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्यता बढाउने अभिव्यक्ति प्रचार-प्रसार नगर्न, नगराउन अनुरोध गर्दछु। साथै, सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु ।”
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)