तराईमा देखिएको तनावप्रति पूर्वप्रधानमन्त्री देउवाद्वारा चिन्ता व्यक्त
nepalpress.com · Thu Jul 30 15:27:03 GMT 2026

काठमाडौं । तराईका विभिन्न क्षेत्रमा केही दिनयता देखिएको तनावग्रस्त गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सामाजिक सद्भाव, एकता र शान्ति कायम राख्न सबैमा आग्रह गरिएको छ।
जारी गरिएको वक्तव्यमा नेपाली समाजको विशेषता आपसी सहअस्तित्व, सद्भाव र सहकार्य रहेको उल्लेख गर्दै सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई सामाजिक सद्भाव कायम राख्दै शान्ति, एकता र सहकार्यको मार्ग अपनाउन हार्दिक अनुरोध गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)