धर्म, समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो : प्रधानमन्त्री बालेन
annapurnapost.com · Thu Jul 30 15:22:45 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले धर्मले समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति भएको भन्दै कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन नसिकाउने बताएका छन्।
सुनसरीको देवानगन्ज, सिरहा लगायतका स्थानमा केही दिनअघि भएका घटनापछि देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति रहेको उल्लेख गरे। उनले एउटा स्थानमा भएको दुःखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई दोषी ठहर गर्नु वा त्यसको प्रतिशोध अन्य स्थानमा फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित हुन नसक्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)