१४ लाख बढीका भन्सार छलीका सामान बरामद
ratopati.com · Thu Jul 30 15:48:02 GMT 2026

झापा । जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका तथा निकासी गर्न लागिएका करिब रु १४ लाख ५० हजार बराबरका सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट सञ्चालित नियमित सुरक्षा निगरानी, गस्ती तथा विशेष जाँच अभियानका क्रममा साउन १ गतेदेखि १४ गतेसम्ममा रु १४ लाख ५२ हजार ७८० बराबरका अवैध रूपमा भन्सारबाट भित्र्याइएका चोरीनिकासीका सामान बरामद गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)