सामाजिक सद्भाव कायम राख्न पूर्वप्रधानमन्त्री देउवाको अपील
clickmandu.com · Thu Jul 30 15:50:30 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएको तनावग्रस्त गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै देउवाले नेपालीहरूको पहिचान नै एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्य कायम राख्नु भएको उल्लेख गरेका छन् । उनले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई सामाजिक सद्भाव बिग्रन नदिन र शान्तिको आदर्शलाई अनुसरण गर्न अनुरोध गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)