एरिक र अनन्तले बंगलादेश प्रिमियर लिग खेल्ने
baahrakhari.com · Thu Jul 30 16:12:20 GMT 2026
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका खेलाडीद्वय भेट्रान रक्षक अनन्त तामाङ र मिडफिल्डर एरिक विष्ट बंगलादेश प्रिमियर लिग (बीपीएल)को क्लब फोर्टिस एफसीबाट खेल्ने भएका छन् । बीपीएलको सिजन २०२६/२७ आगामी अगस्ट २८ बाट सुरु हुनेछ ।
अनन्तलाई फोर्टिस एफसीले यो सिजनको लागि पुनः अनुबन्धित गरेका हुन् भने एरिकले गत सिजन ब्रदर्स युनियनबाट खेलेका थिए । फोर्टिसले दुवै खेलाडीलाई सिजन अवधिभरका लागि सम्झौता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)