कास्कीमा ८८ शव व्यवस्थापन गर्न सकिन्छ, कसरी हुँदैछ व्यवस्थापन ?
ratopati.com · Thu Aug 27 13:32:00 GMT 2026

पोखरा । भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका शव यतिबेला संकलन गर्दै अस्पतालहरूमा पठाइएको छ । नवलपुर र तनहुँलगायत क्षेत्रमा भेटिएका शव कास्की पठाउन थालिएको छ । हालसम्म ९ वटा शव आइसकेको छ भने थप ४७ शव आउने क्रममा छ ।
कास्की प्रशासनका अनुसार आइसकेका शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । शव आएसँगै त्यसको पहिचानका प्रक्रिया पनि सुरु भएको छ । शवको संख्या धेरै भएकाले पोखराका अस्पतालमा मात्रै व्यवस्थापन गर्न मुस्किल हुन सक्ने प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताए । पोखरामा हाल कुल ८८ वटा शव राख्न सक्ने क्षमता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)