अहिले एकआपसमा लड्दा कसैले जित्दैन : सभापति लामिछाने
nagariknews.nagariknetwork.com · Thu Jul 30 17:26:44 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा देखिएको वर्तमान परिस्थितिमा सबै राजनीतिक दल, नेता तथा नागरिकलाई संयमित हुन आग्रह गर्दै साम्प्रदायिक सद्भाव कायम राख्न अपिल गरेका छन्।
सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा तराई-मधेस केन्द्रित दलका नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले अहिले आरोपप्रत्यारोप र तत्काल मूल्यांकन गर्नेभन्दा पनि हिंसा नफैलियोस् भन्नेमा सबै पक्ष केन्द्रित हुनुपर्ने बताएका हुन्। उनले अहिलेको समयमा बोलिने अभिव्यक्ति र सामाजिक सञ्जालमा गरिने टिप्पणीले शान्ति कायम गर्न सहयोग पुग्ने खालको हुनुपर्ने उल्लेख गर्दै हिंसा भड्काउने अभिव्यक्ति नदिन आग्रह गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)