कश्मीरी मतमा 'माेदी नजर'
ekantipur.com · Tue Sep 17 16:59:28 UTC 2024

काठमाडौँ — भारतको जम्मु र कश्मीरमा एक दशकपछि बुधबारदेखि विधानसभा चुनाव हुँदै छ । नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले विशेष मान्यता प्रदान गर्ने संविधानको धारा ३७० खारेज गरेपछि जम्मु र कश्मीरमा पहिलो पटक चुनाव हुन लागेको हो ।
सेप्टेम्बर १८, २५ र अक्टुबर १ गरी तीन चरणमा हुने चुनावको नतिजा अक्टुबर ८ मा आउने बताइएको छ ।जम्मु र कश्मीरमा यसअघि २०१४ मा भएको चुनावपछि जम्मु एण्ड कश्मीर पिपुल्स डमोक्रेटिक पार्टी (पीडीपी) र भारतीय जनता पार्टी मिलेर सरकार गठन गरेका थिए । मुख्यमन्त्री बनेका मुफ्ती मोहम्मद सइदको २०१६ जनवरी ७ मा मृत्यु भएपछि मेहबुबा मुफ्ती मुख्यमन्त्री बनेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)