कुमारी बैंकको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्री
arthasansar.com · Thu Jul 30 05:53:00 GMT 2026

कुमारी बैंक लिमिटेडले साढे २ लाख कित्ता भन्दा बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ५८ हजार २०९ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर हाल कायम बैंकका संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र आवश्यक कागजात सहित आवेदन दिनु पर्ने छ । सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं – २, टंगालमा आइपुग्ने गरी आवेदन दिनु पर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)