वर्षैभरी चिनियाँ पर्यटक नेपाल भित्र्याउन विशेष प्याकेज
kendrabindu.com · Mon Jun 29 02:22:54 GMT 2026

काठमाडौं । नेपालमा वर्षैभरि खर्चालु (हाई-इन्ड) चिनियाँ पर्यटक भित्र्याउने लक्ष्यसहित चीन–नेपालबीच नयाँ पर्यटन परियोजना सुरु गरिएको छ । यसबाट नेपालमा पर्यटकको ‘अफ सिजन’ समस्या कम हुने, होटल तथा पर्यटन व्यवसाय वर्षभरि चलायमान रहने र ५०० देखि १००० सम्म रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
बागमती प्रदेश पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्डसहित सहभागी कार्यक्रममा ‘चीन–नेपाल अन्वेषण यात्रा’ अन्तर्राष्ट्रिय सांस्कृतिक–पर्यटन परियोजनाको आइतबार काठमाडौंमा शुभारम्भ गरिएको हो । आयोजकले खर्चालु (हाई-इन्ड) चिनियाँ पर्यटक ल्याउन हिमालय एयरलाइन्समार्फत शेनझेन–काठमाडौं सीधा चार्टर उडान नियमित सञ्चालन गरिने जनाएको छ । यो परियोजनाअनुसार हरेक हप्ता दुई वटा चार्टर उडान हुनेछ । वर्षभरि १०४ वटा उडानमार्फत १८ हजारभन्दा बढी उच्चस्तरीय चिनियाँ पर्यटक नेपाल ल्याउने लक्ष्य छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)