हिंसा थप भड्किन नदिनतर्फ पहल गर्न सरकारलाई देउवाको आग्रह
barnanmedia.com · Thu Jul 30 21:35:00 GMT 2026

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न अनुरोध गरेका छन्। विदेशमा रहेका कांग्रेसका पूर्व सभापति देउवाले तराई मधेसमा उत्पन्न गतिविधिपछि यस्तो अनुरोध गरेका हुन्।
‘केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएको तनावग्रस्त गतिविधिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हामी नेपालीहरूको विशेषता भनेको एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु हो,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न हार्दिक अनुरोध गर्दछु।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)