सलमान रुस्दीमाथि आक्रमण गर्ने व्यक्ति आतङ्कवादसम्बन्धी अभियोगमा पनि दोषी ठहर
barnanmedia.com · Thu Jul 30 21:45:00 GMT 2026

सर सलमान रुस्दीको हत्या गर्ने प्रयास गरेको अभियोगमा यसअघि नै २५ वर्षको जेल सजाय भोगिरहेका एक अमेरिकी व्यक्ति थप अभियोगमा दोषी ठहर भएका छन्। ती अभियोगमध्ये 'आतङ्कवादी' समूहलाई भौतिक सहयोग उपलब्ध गराएको आरोप पनि समावेश छ।
न्युयोर्कको संघीय अदालतले बुधबार हादी मातरलाई अमेरिकाले 'आतङ्कवादी संगठन'का रूपमा तोकेको लेबनानी सशस्त्र समूह हिज्बुल्लाहलाई सहयोग उपलब्ध गराएको अभियोगमा दोषी ठहर गरेको हो। अमेरिका, बेलायतलगायत धेरै देशले हिज्बुल्लाहलाई 'आतङ्कवादी संगठन'का रूपमा वर्गीकरण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)