कैलाश मानसरोवर यात्रामा भारतको एडभाइजरी, कागजात नपुग्दा नेपालमै रोकिए भारतीय तीर्थयात्री
barnanmedia.com · Mon Jun 29 02:28:41 GMT 2026

भारत सरकारले निजी टुर अपरेटरमार्फत कैलाश मानसरोवर यात्रा गर्ने आफ्ना नागरिकका लागि विशेष यात्रा चेतावनी (एडभाइजरी) जारी गरेको छ। आवश्यक चिनियाँ भिसा, प्रवेश अनुमति (परमिट) तथा अन्य कागजात नहुँदा धेरै भारतीय तीर्थयात्री नेपालमै रोकिएको घटनापछि यस्तो चेतावनी जारी गरिएको हो।
भारतको विदेश मन्त्रालयका अनुसार निजी टुर अपरेटरहरूले सञ्चालन गरेका केही यात्रामा सहभागी भारतीय नागरिकहरू चीन प्रवेशका लागि आवश्यक कागजात पूरा नभएकाले नेपालबाट अगाडि जान नसकी अलपत्र परेका छन्। ती यात्रुहरूले उद्धार तथा सहयोगको माग गर्दै भारतको दूतावास र सम्बन्धित निकायसँग सम्पर्क गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)